९ अङ्कले बढ्यो नेप्से, १ अर्ब १८ करोड रुपैयाँको कारोबार
काठमाडौं : शेयर बजार परिसुचक नेप्से आज बुधवार एकल अङ्कले बढेको छ।
कारोबारको चौथो दिन आज शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेर बन्द भएको हो।
यसदिन बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ। सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै समता घरेलु लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले ओरालो लागेको छ।
आज ४३ लाख २३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन्।
असोज १७, २०८० बुधबार १५:३१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।