‘परदेशी २’को प्रमोसनमा हिँडेकी वर्षालाई डिभोर्सकै प्रश्नको हैरानी
काठमाडौं : दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’की मुख्य अभिनेत्री वर्षा शिवाकोटी अहिले फिल्म प्रमोशनमा व्यस्त छिन्। तर उनी जहाँ प्रोमशनमा जान्छिन् फिल्म अनि उनको अभिनय भन्दा डिभोर्सकै बढि चर्चा भइरहेको छ।
गएको बैशाख ९ गते अमेरिकामा बस्दै आएका आशिष गेलालसँग विवाह गरेकी वर्षाको सम्बन्ध लामो समय टिक्न सकेन। ९ महिनामै डिभोर्स भयो। तर, डिभोर्स भएकाे कुरा लामै समय लुक्यो। जव आशिषले दोस्रो विवाह गरे बल्ल उनीहरुको सम्बन्धको अवस्था सार्वजनिक भयो।
उनले विवाहपछि डिभोर्सलगायत केही पारिवारिक उतारचढावका कारण ठुलै तनाव झेल्नु परेको थियो। उनले केहि समय सामाजिक सञ्जाल नै बन्द गर्नु परेको थियो।
अहिले परदेशी-२ को प्रमोशनमा सक्रिय रहेकी उनी आफ्नो सम्बन्ध र सम्बन्धविच्छेदबारे खुलेर बोल्न थालेकी छिन्। उनी विवाह र डिभोर्सका घटनाले अभिनय करियरमा खासै असर नपारेको टिप्पणी गर्न थालेकी छिन्। उनी यसलाई जीवनको सानो उतारचढावको रुपमा गरेको बताउँछिन्।
वर्षा एक दशकअघि फिल्म ‘नाइँ नभन्नु ल २’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी थिइन्। फिल्म ‘पशुपतिप्रसाद’ बाट उनी चर्चामा आएकी थिइन्। उनी अभिनित पछिल्लो फिल्म ‘परदेशी २’ भने असोज २६ गतेबाट हलमा लाग्दैछ।
असोज १७, २०८० बुधबार १५:२४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।