११ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

११ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
फाईल फोटो

तनहुँ : ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरेपमा प्रहरीले तनहुँबाट एक जना युवकलाई पक्राउ गरेको छ। 

जिल्लाको भानु नगरपालिका–९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका–६ सेप्राङ घर भएका २६ वर्षीय कर्णबहादुर मास्कीलाई प्रहरीले पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ।

मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

असोज १७, २०८० बुधबार १४:४७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।