अनमोल केसीले फिल्म ‘रावायण’लाई ठगेको पुजा शर्माको आरोप, भन्छिन् : ‘निर्माण पक्ष ठगिएको देख्दा बोलेन भने अन्याय नै हुन्छ’
काठमाडौं : नायिका पुजा शर्माले अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’ लाई ठगेको र धोका दिएको आरोप लगाएकी छन्।
उनले बुधबार सामाजिक सञ्जालमा निर्माता तथा निर्देशक सुदर्शन थापाको बचाउ गर्दै अनमोलले निर्माण पक्षलाई ठगेको आरोप लागएकी हुन्।
उनले कुराले मात्रै नभएर व्यवहारले पनि प्रोड्युसरको बचाउ गर्नुपर्ने भन्दै निमार्ण पक्ष ठगिएको देख्दा पनि नबोले अन्याय हुने बताइन्।
उनी लेख्छीन, ‘अझै प्रमाणसहित निर्माण पक्ष ठगीएको, धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ। यो भोली जसलाई पनि पर्न सक्छ। कुराले मात्रै होइन व्यवहारले प्रोड्युसर बचाऔँ। कोही पनि अन्यायमा नपरोस्।’
पुजाले अनमोलको पक्षमा भिड उर्लिएपनि सत्य कुरा नमर्ने तर्क राखेकी छन्।
फिल्म बन्ने पक्का भएपछि पाथिभरा मन्दिरको दर्शन गर्दै स्क्रिप्ट पुजा गर्न ताप्लेजुङ पुगेकी थिइन् उनी। अनुबन्ध भएर दश लाख पेश्की लिएका अभिनेता अनमोल केसीले पछि फिल्म नखेल्ने भन्दै पेश्की स्वरुप लिएको रकम फिर्ता गरे।
त्यसपछि अनमोल र पूजाबीच मनमुटाब भएको थियो। आफुले रोजेको हिरोले फिल्म नखेल्ने भनेपछि उनले आफ्नो फिल्मलाई थाति राख्दै अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’मा काम गर्न थालिन्।
नायक अनमोल केसीले फिल्म ‘रावायण’ छाडेपछि निर्देशक सुदर्शन थापा र निर्मात्री चन्द्रकला कटुवालले प्रहरीमा उजुरी दिएका थिए। उनीहरुको उजुरीको आधारमा प्रहरीले अनमोललाई गत शुक्रबार पक्राउ गर्यो। पछि दुई दिन नियन्त्रण हाजिरी जमानीमा रिहा गरिसकेको छ।
असोज १७, २०८० बुधबार १४:३९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।