सर्वाेच्च परिसरमै बेहोस भएर ढलिन् भारती

सर्वाेच्च परिसरमै बेहोस भएर ढलिन् भारती
फाईल फोटो

काठमाडौं : सरकारले श्रीमान्‌का हत्याराको बाँकी कैद मिनाह गर्दै आममाफी दिएको भन्दै अनशनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा बेहोस भएर ढलेकी छन्। 

तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमै बेहोस भएर लडेकी उनलाई वीर अस्पताल लगिएको प्रहरीले जनाएकाे छ।

उनले आजै काठमाडौंको माइतीघरमा अनशन सुरु गरेकी थिइन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका गुण्डा नाइके योग ढकाल (रिगल)को बाँकी सजाय मिनाह गरेका थिए । 

असोज १७, २०८० बुधबार १३:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।