नेपालको सीमा नजिकै भारतीय सेनाका २३ जवानको मृत्यु

नेपालको सीमा नजिकै भारतीय सेनाका २३ जवानको मृत्यु

एजेन्सी : उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएका छन्। उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ।

‘उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ’, भारतीय सेनाले विज्ञप्तिमार्फत भनेको छ, ‘खोजी कार्य जारी छ।’

ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा ठूलो हिमाल कञ्चनजङ्घालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ।

चुङथाङ्ग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको सेनाले बताएको छ।

भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ।

सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो। अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ।

असोज १७, २०८० बुधबार १२:०६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।