पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बझाङ भूकम्पप्रति दुःख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बझाङ भूकम्पप्रति दुःख व्यक्त

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङको चैनपुर केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको शक्तिशाली भूकम्पबाट सुदूरपश्चिम क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

भूकम्पले सुदूर पश्चिमी क्षेत्रका विभिन्न जिल्लाहरूमा पुर्याएको क्षति र जनसाधारणमा परेको त्रासदीको खबरले गहिरो दुःख लागेको शाहका संवाद सचिवालयले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘ठुलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतर्कता आवश्यक रहेको हाम्रो धारणा छ’, विज्ञपतीमा भनिएको छ, ‘भूकम्पबाट घायल भएकाहरूको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल सम्बन्धित सबैको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ।’

भूकम्पबाट एक जनाको मृत्यु भएको छ।  ११ जना घाइते भएका छन्।  जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीको भुकमपमा परि मृत्यु भउको बझाङ प्रहरीले जनाएको छ। 

घाइतेदुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ। 

असोज १७, २०८० बुधबार ११:३१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।