दार्चुलामा ४ किलो चरेससहित दुई युवक पक्राउ

दार्चुलामा ४ किलो चरेससहित दुई युवक पक्राउ

बैतडी : दार्चुलामा चार किलो चरेससहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मार्मा गाउँपालिका-१ ताकुका २८ वर्षीय विर्ख ठगुन्ना र घोल्जरका २० वर्षीय सहदेब ठगुन्ना रहेका छन्।

गएराति १ बजेतिर शैल्यशिखर नगरपालिका-३ कर्कलेमा उनीहरुलाई चेकजाँच गर्दा चार किलो एक सय ग्राम चरेस र जोख्ने तराजु फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

उनीहरु गोकुलेश्वरतर्फ आइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको हो।

असोज १७, २०८० बुधबार १०:४४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।