संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको भन्दै स्थानीय तहका कर्मचारीले आज बृहत् प्रदर्शन गर्ने

संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको भन्दै स्थानीय तहका कर्मचारीले आज बृहत् प्रदर्शन गर्ने

काठमाडौं : सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको भन्दै आन्दोलनरत स्थानीय तहका कर्मचारीले बुधबार बृहत् प्रदर्शन गर्ने भएका छन्।

दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर र्यालीसहित नयाँबानेश्वरमा पुगी कोणसभा गर्ने संघर्ष समितिका संयोजक दीपक गौतमले जानकारी दिए। 

करिब ८०० कर्मचारी आजको प्रदर्शनमा सहभागी हुनेछन्। प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कर्मचारी काठमाडौं आइरहेको उनले बताए। 

मंगलबार उनीहरूले कार्यालयमै कालोपट्टी बाँधेर काम गरेका थिए। 

पूर्वनिर्धारित तालिका अनुसार बिहीबार पनि प्रदर्शन गर्ने र सरकारले माग सुनुवाइ नगरे शुक्रबारदेखि स्थानीय तहका काम ठप्प पार्ने चेतावनी कर्मचारीले दिएका छन्।  

असोज १७, २०८० बुधबार १०:३२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।