आफ्नै पार्टीका आठ सांसद्ले विपक्षमा मतदान गरेपछि अमेरिकी सभामुख निष्कासित

आफ्नै पार्टीका आठ सांसद्ले विपक्षमा मतदान गरेपछि अमेरिकी सभामुख निष्कासित

एजेन्सी : अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख पदबाट केभिन म्याकार्थी निष्कासित भएका छन्।

सदनमा भएको मतदानमा उनको विपक्षमा २ सय १६ र समर्थनमा २ सय १० मत परेको हो। आफ्नै रिपब्लिकन पार्टीका सदस्य म्याट गेट्जले प्रस्तावमा मतदान भएको थियो। 

म्याट गेट्ज

म्याकार्थीलाई पदबाट हटाउने पक्षमा मतदान गर्ने २१६ सांसदमध्ये आठ जना आफ्नै पार्टी रिपब्लिकनका हुन्। उनको समर्थनमा मतदान गर्ने २१० सांसदहरू सबै रिपब्लिकन पार्टीकै हुन्।

यसलाई फ्लोरिडा रिपब्लिकन सांसद म्याट गेट्जको जितका रूपमा हेरिएको छ। गेट्जले लगातार उनको विरुद्ध बयान दिइरहेका थिए।

डेमोक्र्याट सांसदहरूले म्याकार्थीको पक्षमा मतदान गरेर उनको पद कायम राख्न मद्दत गर्नसक्ने आँकलन विश्लेषकहरूले गरे पनि त्यसो हुन सकेन।

म्याकार्थी हटेपछि सभामुख पद रिक्त भएको घोषणा गरिएको छ। नर्थ क्यारोलिनाका प्याट्रिक म्याकहेनरी अहिलेका लागि अस्थायी सभामुखमा निर्वाचित भएका छन्।

पदबाट हटाइएपछि पत्रकार सम्मेलनमा म्याकार्थीले भने, ‘व्यक्तिगत ध्यानाकर्षणका लागि यो गरिएको हो, यसको खर्चसँग कुनै सम्बन्ध छैन।’

म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा, बन्दबाट बच्न खर्च विधेयक पारित गराएपछि रिपब्लिकन पार्टीका सदस्यहरू उनीसँग रिसाएका थिए।

असोज १७, २०८० बुधबार ०८:०१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।