पाँच प्रदेशमा आज भारी वर्षा हुने, भोलिबाट देशभर मौसम खुल्दै जाने

पाँच प्रदेशमा आज भारी वर्षा हुने, भोलिबाट देशभर मौसम खुल्दै जाने

काठमाडौं : बुधबार पाँच प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको हो।

महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत भनेको छ।

हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेकाले अहिले गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार राति भने कोशी, मधेश र बागमती  प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबारदेखि भने मौसमम सुधार आउने महाशाखाको पूर्वानुमान छ। महाशाखाले जारी गरेको दैनिक बुलेटिनमा बिहीबार शुक्रबार भारी वर्षा नहुने र आंशिकदेखि सामान्य बदलीको सम्भावना मात्र देखिएको बताएको छ।

असोज १७, २०८० बुधबार ०७:३५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।