नेपालगञ्जमा सेना परिचालन

नेपालगञ्जमा सेना परिचालन

काठमाडौं : बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ।

हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ।

तर, दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो।

नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो। अहिले झडप रोकिएको छ। ठूलो संख्यामा गल्ली-गल्लीमा प्रहरी परिचालित छन्।

दुवै समूहलाई छलफलका लागि बोलाइएको भए पनि अहिलेसम्म कोही नआएको र प्रयास जारी रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।

तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि यहाँ दुई समुदायबीच तनाव बढेको हो।

असोज १६, २०८० मंगलबार २०:४५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।