उकेरा टप फाइभ : भारतविरुद्ध नेपालको जुझारु प्रदर्शनदेखि विमानस्थलको जग्गाबारे मालपोतसँग लिखित जवाफ मागसम्म

उकेरा टप फाइभ : भारतविरुद्ध नेपालको जुझारु प्रदर्शनदेखि विमानस्थलको जग्गाबारे मालपोतसँग लिखित जवाफ मागसम्म

काठमाडौं : मंगलबार लामो समयपछि प्रतिनिधि सभाको बैठक बस्यो। बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोले। करिब दुई घण्टा बोलेका ओलीले सरकारप्रति आक्रोश पोखे। उनले देशमा भ्रष्टाचार, महंगी र हिंसात्मक क्रियाकलाप बढेको भन्दै गठबन्धन सरकार अनुत्तरदायी बन्यो भने।

मंगलबार नै १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वाटरफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्यो। नतिजा नेपालको पक्षमा नआए पनि नेपालले उत्कृष्ट खेल्यो। खेलपछि भारतीय पूर्वक्रिकेटर तथा कमेन्टेटरहरूले नेपालको खेलको प्रशंसा गरे।

बाँकेको नेपालगञ्जमा खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गर्ने चर्चित गुन्डा नाइके रिगल भनिने योग ढकालको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध मानन्धरपत्नी भारती शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिन्।

मंगलबार नै ओमकार परिवार हिन्दू समाजले निकालेको र्यालीका क्रममा सार्वजनिक सम्पती तोडफोड भएको र दुई सम्प्रदायबीच हिंसा भड्किन लागेको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारीले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु लगाए।

यस्तै नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैंको साइत सार्वजनिक गर्यो। समितिले एक सूचना निकालेर घटनास्थापनादेखि देवी विसर्जन र टीका लगाउने साइतको बारेमा जानकारी दियो।

अब लागौं उकेरा टप फाइभः
मंगलबार बिहान उकेराले रुपन्देहीको भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य बाहिरिएसँगै जग्गा दर्ता गर्ने व्यक्तिले मुआब्जा नपाउने समाचार लेख्यो।
पूरा समाचारः भैरहवा विमानस्थल जग्गा प्रकरणः मालपोत प्रमुखसँग लिखित जवाफ माग, मुआब्जा दिन रोक

बिहानै उकेराले चीनमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले नं १ भारतसँग निकै जुझारु प्रदर्शन गरेको समाचार लेख्यो। खेल २३ रनले हारे पनि नेपालले युवा स्टार खेलाडीले भरिएको भारतसँग सम्मानजनक खेल देखायो।
पूरा समाचारः पहिलो नम्बरमा रहेको भारतविरुद्ध नेपालको जुझारु प्रदर्शन, खेल त हार्यो तर सम्मानजनक रुपमा

मंगलबार दिउँसो उकेराले बाँकेको नेपालगञ्जमा खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने चर्चित गुन्डा नाइके रिगल भनिने योग ढकालको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको समाचार लेख्यो।
पूरा समाचारः खुँडा प्रहार गरी व्यक्ति हत्या गर्ने गुन्डा नाइके रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट

साँझपख उकेराले एमालेको कर्णाली प्रदेश अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशन पार्टीका कार्यकर्ताले नटेरेको समाचार लेख्यो। ओलीले मीनबहादुर शाहीलाई अध्यक्ष बनाउन चाहे पनि त्यहाँका प्रतिनिधिले भने गुलाबजंग शाहलाई प्रदेशको अध्यक्षमा चुनेका छन्।
पूरा समाचारः कर्णालीका कार्यकर्ताले ओलीलाई टेरेनन्, गुलाबजंगले जित्दा यामलाल बलियो

मंगलबार राति उकेराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र पर्खालभित्र रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको सन्दर्भमा जिल्ला मालपोत कार्यालय रुपन्देहीलाई १० वटा प्रश्न सोधेको समाचार लेख्यो। समाचारमा मालपोत कार्यालयलाई सोधिएको प्रश्न समावेश गरिएको छ। साथै कसरी व्यक्तिको नाममा दर्ता हुन गयो भन्नेबारे पनि उल्लेख गरिएको छ।
पूरा समाचारः भैरहवा विमानस्थलको जग्गा प्रकरणमा प्रशासनले मालपोतलाई सोध्यो १० प्रश्न

असोज १६, २०८० मंगलबार २१:००:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।