‘वानर सेना’को ‘जुनेली रूप’ सार्वजनिक

‘वानर सेना’को ‘जुनेली रूप’ सार्वजनिक

काठमाडौं : अर्पण गिरी (अरमान जंग)को डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ।

‘तिम्रो जुनेली रुप’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाई फिचर्ड छन्। सार्वजनिक गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

फिल्मको सार्वजनिक गीतमा निर्देशक गिरीको शब्द रचना तथा स्वर अनि जोन तामाङ र  निर्देशक गिरीको संगीत छ।

फिल्मको कथा पौराणिक रहेकाले पनि दशैंको अवसरमा रिलिज गर्न लागेको निर्माण टिमले जनाएको छ।

फिल्ममा निर्देशक गिरीसँगै आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ।

असोज १९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा विनोद सापकोटाको छायांकन, रवि केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत छ।

यस्तै प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन रहेको फिल्ममा सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स तथा बन्दे प्रसादको सम्पादन छ।

फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन्।

असोज १६, २०८० मंगलबार १९:४३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।