५० विद्यार्थीलाई छात्रवृत्ति दिन ईक्यान र सफ्टएड गुप्रबीच सम्झौता, यसरी भनुहोस् आवेदन

५० विद्यार्थीलाई छात्रवृत्ति दिन ईक्यान र सफ्टएड गुप्रबीच सम्झौता, यसरी भनुहोस् आवेदन

काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ(ईक्यान) र सफ्टएड ग्रुपअन्तर्गत सनवे कलेजसँग सम्झौता भएको छ।

५० जना नेपाली विद्यार्थीलाई २०२३ नोभेम्बर सेसन तथा २०२४ मार्च सेसनका निम्ति सुचना प्रविधि विषयको स्नातक तहमा छात्रबृत्ति प्रदान गर्ने सम्झौता भएको हो।

कलेजले स्नातक स्तरको विद्यार्थीलाई बि.एस्सी. अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ।

सम्झौतामा यस विषय अध्ययन गर्न चाहने नेपाली विद्यार्थी २ जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति दिने उल्लेख छ। १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन्।

पूर्ण छात्रवृत्ति पाउनका लागि कक्षा १२ मा ३.६० जीपीए ल्याएको हुनुपर्नेछ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि ३.५० जीपीए ल्याउनुपर्नेछ। यस्तै ३० प्रतिशत छात्रवृत्तिका लागि भने ३.०० जीपीए पर्याप्त हुनेछ।

साथै विद्यार्थीले आईएल्ट्समा कम्तिमा समग्रमा ६ स्कोर ल्याएको हुनुपर्नेछ। विद्यार्थीले नोभेम्बर सेसनका लागि नोभेम्बर ३ तारिखसम्म र मार्च सेसनका लागि २०२४ को फेब्रुअरी १८ तारिखसम्म आवेदन दिइसक्नुपर्नेछ।

विद्यार्थीहरूले आफ्नो आवेदन [email protected] मा गई भर्न सक्नेछन्।

असोज १६, २०८० मंगलबार १८:२५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।