विश्वकपअघिको अभ्यास खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई दियो ३५२ रनको लक्ष्य

विश्वकपअघिको अभ्यास खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई दियो ३५२ रनको लक्ष्य

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका अभ्यास खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ३५२ रनको लक्ष्य दिएको छ।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३५१ रन बनायो।

उसका लागि ग्लेन म्याक्सवेल र क्यामरन ग्रिनले अर्धशतकीय पारी खेले।

म्याक्सवेलले ७७ रन बनाउँदा डेभिड वार्नर र जोस इन्गिल्सले समान ४८-४८ रन जोडे। मार्नुस लाबुसचेन्ज ४०, मिचेल मार्स ३१, स्टिभ स्मिथ २७, एलेक्स क्यारी ११ रनमा आउट भए।

क्यामरन ग्रिन र प्याट कमिन्स क्रमशः ५० र २ रन बनाएर नटआउट रहे।

पाकिस्तानका उसामा मिरले दुई तथा हरिश रौफ, मोहम्मद वसीम, शाहदाब खान र मोहम्मद नवाजले समान एक–एक विकेट लिए।

असोज १६, २०८० मंगलबार १८:०१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।