राजेन्द्र लिङ्देनले सोधे, ‘कोशी प्रदेशमा राप्रपाले के गर्दा उचित होला?’

राजेन्द्र लिङ्देनले सोधे, ‘कोशी प्रदेशमा राप्रपाले के गर्दा उचित होला?’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मतको सन्दर्भमा सुझाव मागेका छन्।

मंगलबार सामाजिक सञ्जाल एक्समार्फत लिङ्देनले कोशी प्रदेशका सन्दर्भमा सुझाव मागेका हुन्।

‘कोशी प्रदेशमा राप्रपाले के गर्दा उचित होला?’, उनले सामाजिक सञ्जालमा सोधेका छन्।

कोशी प्रदेशमा एमालेका हिक्मतबहादुर कार्की नेतृत्वको सरकार छ। जसले असोज २२ गतेसम्म विश्वासको मत लिनुपर्ने हुन्छ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए।

असोज १६, २०८० मंगलबार १७:३५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।