सानिमा बैंकद्वारा दराजसँग ‘दसैँ धमाका’ योजनामा विशेष छुट दिने सहकार्य

सानिमा बैंकद्वारा दराजसँग ‘दसैँ धमाका’ योजनामा विशेष छुट दिने सहकार्य

काठमाडौं : नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ। 

योजना अवधिभर दराजबाट सामान खरिद गर्दा ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् एक हजार पाँच सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ। 

यस्तै, छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ। क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गन सक्नेछन्।

यो योजना यही असोज १७ गतेदेखि असोज ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ।

सानिमा बंैकको देशका सातै प्रदेशमा एक सय ३२ वटा कार्यालय तथा एक सय २३ वटा ए.टि.एम. संचालनमा रहेका छन्। 

साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।
 

असोज १६, २०८० मंगलबार १५:३१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।