शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आयो।

मंगलबार नेप्से १७.५६ अंकले बढेर १९५८.७२ विन्दुमा झर्दा सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले घटेर ३७४.३९ विन्दुमा झरेको छ।

कारोबार उपसूचकहरू सबै राताम्मे छन्। सबैभन्दा बढी व्यापार समूह १.४७ प्रतिशतले घट्दा सबैभन्दा कम बैंकिङ समूह ०.६१ प्रतिशतले ओरालो लाग्यो।

बजार घट्दा कारोबार रकम पनि घटेको छ। यस दिन २८१ कम्पनीका ३९ लाख ६५ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड ९१ लाख भन्दा बढीको कारोबार भयो।

सोमबार २८६ कम्पनीका ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

कारोबारको हिसाबले सिटिजन्स लाइफ इन्स्योरेन्स सबैभन्दा उच्च रह्यो। उसको ५ करोड ५९ लाखको कारोबार हुँदा दोस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकको ५ करोड ३० लाखको कारोबार भयो।

असोज १६, २०८० मंगलबार १५:१०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।