‘जनयुद्ध दिवस’ को बिदा फिर्ता लिन प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीको अल्टिमेटम

‘जनयुद्ध दिवस’ को बिदा फिर्ता लिन प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीको अल्टिमेटम

काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन पुष्पकमल दाहाल प्रचण्डलाई अल्टिमेटम दिएका छन्। 

मंगलबारको प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोलेका उनले आगामी मन्त्रिपरिषद् बैठकले यो फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने तर्क गरे।

गत २०७९ सालको माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। 

असोज १६, २०८० मंगलबार १५:०१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।