सद्भावको सहर नेपालगञ्जमा दुई समुदाय संयमता अपनाइदिनुस् : सांसद राणा

सद्भावको सहर नेपालगञ्जमा दुई समुदाय संयमता अपनाइदिनुस् : सांसद राणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशम्शेर राणाले बाँकेको नेपालगञ्ज सद्भावको सहर रहेको भन्दै यस क्षेत्रमा सद्भाव कायम राख्न अपिल गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समय लिएर बोल्दे उनले नेपालगञ्ज सद्भावको सहर भएकोले त्यो कायम राख्न सबै समुदायलाई आग्रह तथा हिंसाका घटना नियन्त्रण गर्न सरकारसँग माग गरे।

उनले भने, ‘नेपालगञ्जमा दुई समुदायबीच झडप भएर कर्फ्यु लागेको छ। हिंसाका घटना नियन्त्रण गर्न सरकारसँग माग गर्दछु।’

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदा आज दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ। 

असोज १६, २०८० मंगलबार १३:४२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।