भारतसँग उत्कृष्ट प्रदर्शन गरेकोमा नेपाली टिमलाई धन्यवाद : प्रचण्ड

भारतसँग उत्कृष्ट प्रदर्शन गरेकोमा नेपाली टिमलाई धन्यवाद : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले भारतसँग उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टिमलाई धन्यवाद व्यक्त गरेका छन्।

साथै उनले १९ औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति टिमलाई बधाई पनि दिएका छन्।

चीनमा जारी एसियाली खेलकुद अन्तर्गतको क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार (आज) बिहान भएको खेलमा भारतविरुद्ध सम्मानजनक खेल देखाएको थियो।

नेपाल २३ रनले पराजित भए पनि जुझारु खेल देखाएको थियो। भारतले दिएको २०३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ बनाएको थियो।

असोज १६, २०८० मंगलबार १२:४४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।