चितवनमा मेयरले रोप्न लगाएको बिरुवा उखेलेर फाल्ने महिला पक्राउ

चितवनमा मेयरले रोप्न लगाएको बिरुवा उखेलेर फाल्ने महिला पक्राउ

चितवन : भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छन्।

भरतपुर-३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षारोपण महाअभियान अन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो।

सीसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखेलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको हो।

उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

असोज १६, २०८० मंगलबार ११:५७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।