पहिरोका कारण बेनी-जोमसोम सडक खण्ड अवरुद्ध, मुस्ताङ भ्रमणमा निस्किएका पर्यटकलाई समस्या

पहिरोका कारण बेनी-जोमसोम सडक खण्ड अवरुद्ध, मुस्ताङ भ्रमणमा निस्किएका पर्यटकलाई समस्या

म्याग्दी : पहिरोका कारण मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड गए रातिदेखि अवरुद्ध भएको छ। 

पहिरोले म्याग्दी खण्डमा पर्ने बेनी–जोमसोम सडकअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेको छ। 

वर्षासँगै सडकभन्दा माथिबाट खसेको पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैंसरी, कुलौटे, अन्नपूर्ण–२, नैनीबगर र ३ नम्बर वडा दानाको गुइँठेमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

यसैगरी बेनी–दरबाङ सडक खण्ड पनि दुई ठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको छ।

बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, घुमाउनेभीर र मालिका गाउँपालिका–६, बाङ्गेपहिरोमा सडक अवरुद्ध भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।

 सडक अवरुद्ध भएपछि मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरु, मुस्ताङ भ्रमणमा निस्किएका पर्यटक, कर्मचारीलगायत समस्यामा परेका छन्। 

असोज १६, २०८० मंगलबार ११:४२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।