प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता, परियोजना कार्यन्वयनबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता, परियोजना कार्यन्वयनबारे छलफल
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छन्। आइतबार साँझ काठमाडौं आइपुगेकी उनले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन्।

प्रचण्ड र अलब्राइटबीच एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको हो। गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो। 

अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ। 

एमसीसीको ठेक्का प्रक्रियामा विवाद भइरहेको समयमा उनी नेपाल आएकी हुन्। ५० करोड डलर अमेरिकी सहायता रहेको एमसीसीपरियोजनाले २२ करोड डलरमा ४०० केभी विद्युत प्रसारणलाइन बनाउने भनेर ठेक्का आह्वान गरेको छ 

असोज १६, २०८० मंगलबार १०:४१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।