एकै ओभरमा रोहित र कुशल मल्ल आउट भएपछि दबाबमा नेपाल

एकै ओभरमा रोहित र कुशल मल्ल आउट भएपछि दबाबमा नेपाल

काठमाडौं : भारतले दिएको २०३ रनको लक्ष्य पच्छ्याएको नेपाल दबाबमा परेको छ। राम्रो सुरुवात गर्दै ६ ओभरमा १ विकेट गुमाउँदै ४६ रन जोडेको नेपालले यसपछि भने विकेट गुमाउन थाल्यो।

चीनमा जारी एसियाली खेलकुदको क्रिकेटको क्वाटरफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो।

नेपालका ओपनर आशिफ शेख ६ बलमा १० रन जोड्दै पहिलो विकेटको रुपमा आउट हुँदा नेपालको रन २९ थियो।

अर्का ओपनर कुशल भुर्तेल भने ३२ बलमा ४ चौका १ छक्कासहित २८ रनमा आउट भए।

यसपछि रवि विस्नोइले एकै ओभरमा नेपालको कप्तान रोहित पौडेल र कुशल मल्ललाई आउट गरेपछि नेपालले मात्र ७७ रनमा ४ विकेट गुमायो र ब्याटिङ दबाबमा आयो।

११ औं ओभरमा कुशल मल्ल २२ बलमा २ चौका २ छक्कासहित २९ रनमा बनाउँदै क्याच आउट भए। रोहित मात्र ३ रनमा एलबीडब्लू धरापमा परेका थिए।

असोज १६, २०८० मंगलबार ०९:३४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।