भारतविरुद्ध नेपालको राम्रो सुरुवात, ६ ओभरमा १ विकेट गुमाउँदै ४६ रन

भारतविरुद्ध नेपालको राम्रो सुरुवात, ६ ओभरमा १ विकेट गुमाउँदै ४६ रन

काठमाडौं : भारतले दिएको २०३ रनको लक्ष्य पच्छ्याएको नेपालले राम्रो सुरुवात गर्दै ६ ओभरमा १ विकेट गुमाउँदै ४६ रन जोडेको छ।

चीनमा जारी एसियाली खेलकुदको क्रिकेटको क्वाटरफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो।

नेपालका ओपनर आशिफ शेख ६ बलमा १० रन जोड्दै पहिलो विकेटको रुपमा आउट हुँदा नेपालको रन २९ थियो।

अर्को ओपनर कुशल भुर्तेल भने २४ बलमा ४ चौका १ छक्कासहित २६ रनमा क्रिजमा छन्। उनलाई कुशल मल्लले ५ रनमा साथ दिइरहेका छन्।

असोज १६, २०८० मंगलबार ०९:०४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।