शतक हान्ने बितिक्कै यशस्वी जैसवाललाई दीपेन्द्रले गरे आउट
काठमाडौं : चीनमा जारी एसियाली खेलकुदको क्रिकेटको क्वाटरफाइनल खेलमा भारतका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरेका छन्।
उनले ४८ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०० रन पुरा गरेका हुन्। तर यसपछि लगत्तै जैसवाललाई दीपेन्द्रले कप्तान रोहितमार्फत क्याच आउट गराए।
दीपेन्द्रले नै भारतका कप्तान ऋतुराज गाइक्वाडलाई २५ रनमा कप्तान रोहितमार्फत क्याच आउट गराएका थिए।
असोज १६, २०८० मंगलबार ०८:१०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।