सोमपालले गरे तिलक बर्मालाई मात्र २ रनमा बोल्ड

सोमपालले गरे तिलक बर्मालाई मात्र २ रनमा बोल्ड

काठमाडौं : चीनमा जारी एसियाली खेलकुदको क्रिकेटको क्वाटरफाइनल खेलमा भारतविरुद्ध तीब्र गतिका बलर सोमपाल कामीले तिलक बर्मालाई बोल्ड आउट गरेका छन्।

नेपाललाई दोस्रो सफलता दिलाउने क्रममा उनले तिलक बर्मालाई मात्र २ रनमा पेभोलिएनको बाटो देखाएका हुन्।

यसअघि दीपेन्द्र सिंहले नेपाललाई पहिलो सफलता दिलाएका थिए। दीपेन्द्रले भारतका कप्तान ऋतुराज गाइक्वाडलाई २५ रनमा कप्तान रोहितमार्फत क्याच आउट गराए।

विष्फोटक ब्याटिङ गरेको भारतका अर्का ओपनर यशस्वी जैसवाल भने शतकको खोजीमा ७५ रनमाथि पुगिसकेका छन्।

असोज १६, २०८० मंगलबार ०७:५३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।