नेपालविरुद्ध भारतको विष्फोटक ब्याटिङ, पावरप्लेमा बनायो ६३ रन

नेपालविरुद्ध भारतको विष्फोटक ब्याटिङ, पावरप्लेमा बनायो ६३ रन

काठमाडौं : चीनमा जारी एसियाली खेलकुदको क्रिकेटको क्वाटरफाइनल खेलमा भारतले नेपालविरुद्ध विष्फोटक ब्याटिङ गरेको छ। 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पावरप्ले (६ ओभर)मा बिना विकेटको नोक्सानी ६३ रन बनाएको छ।

भारतका लागि ओपनर यशस्वी जैसवालले १९ बलमा २ चौका ४ छक्का सहित ४४ रज जोड्दा कप्तान तथा ओपनर ऋतुराज गाइक्वाडले भने १७ बलमा मात्र १४ रन जोडेका छन्।

नेपालले भारतसँग टी-२० आई खेल खेल्न लागेको यो पहिलो पटक हो। गत महिना मात्र एसिया कपमा नेपालले भारतसँग पहिलो पटक एकदिवसीय खेल खेलेको थियो।

नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान पकका गरेको थियो।

टेस्ट टिम भएकाले भारतले भने जारी प्रतियोगितामा सिधैं क्वाटरफाइनलमा ठाउँ पाएको हो।

असोज १६, २०८० मंगलबार ०७:२०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।