भारतले टस जित्यो, नेपाल पहिले बलिङ गर्दै
काठमाडौं : चीनमा जारी एसियाली खेलकुदको क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले भारतविरुद्ध टस हारेको छ। खेलमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले ब्याटिङ गर्ने भएका छन्।
नेपालले भारतसँग टी-२० आई खेल खेल्न लागेको यो पहिलो पटक हो। गत महिना मात्र एसिया कपमा नेपालले भारतसँग पहिलो पटक एकदिवसीय खेल खेलेको थियो।
नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान पकका गरेको थियो।
टेस्ट टिम भएकाले भारतले भने जारी प्रतियोगितामा सिधैं क्वाटरफाइनलमा ठाउँ पाएको हो।
असोज १६, २०८० मंगलबार ०६:४२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।