सुरक्षित भविष्यका लागि भन्दै अष्ट्रेलिया उडेका विमलले नेपाल सुपर लिग खेल्ने
काठमाडौं : सुरक्षित भविष्यको खोजीमा हालै अष्ट्रेलिया पलायन भएका राष्ट्रिय फुटबलर विमल घर्तिमगरले नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
ललितपुर सिटी एफसीसँग गरेको सम्झौता रद्द गरेर गत साता अष्ट्रेलिया उडेका उनले आज सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुने जानकारी गराएका हुन्।
बिमलले आफू चितवन एफसीबाट खेल्ने बताएका छन्। फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिएको भन्दै उनले क्लबलाई धन्यवाद समेत दिएका छन्।
उनले लेखेका छन्, ‘माया गरेर पुनः मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयर को रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु।’
एनएसएलको दोस्रो संस्करण आउँदो ८ मंसिरबाट सुरु हुँदैछ।
असोज १५, २०८० सोमबार १७:२८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।