चितुवाको आक्रमणबाट चार जना घाइते

चितुवाको आक्रमणबाट चार जना घाइते
फाईल फोटो

सल्यान : सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन्।

घाइते हुनेमा जिल्लाको छत्रेश्वरी गाउँपालिका– ३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा रहेका छन्।

छत्रेश्वरी गाउँपालिका–३ दोलीका स्थानिय पूर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवाले सोमबार बिहान उनीहरुलाई झम्टेको बताइएको छ। 

घाइतेहरुलाई जिल्ला अस्पताल सलयानमा बाट थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल लगिएको छ। 

असोज १५, २०८० सोमबार १७:११:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।