शेयर बजारमा सामान्य सुधार, एनआईसी एसिया बैंकको मात्र २१ करोडको कारोबार
काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा सामान्य सुधार आएको छ।
सोमबार नेप्से ५.१९ अंकले बढेर १९७६.२९ विन्दुमा पुग्दा सेन्सेटिभ इन्डेक्स ०.६६ अंकले बढेर ३७८.०६ विन्दुमा चढेको छ।
१३ कारोबार उपसूचकहरूमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै उपसूचकमा हरियाली छाएको छ।
यसदिन २८६ कम्पनीका ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो।
यसदिन कारोबारको हिसाबले एनआईसी एसिया बैंक पहिलो स्थानमा रह्यो। उसले २१ करोड गर्दा दोस्रो स्थानमा रहेको सिटिजन्स लाइफ इन्स्योरेन्सको १२ करोडको कारोबार भयो।
सीवाईसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपावर गरी दुई कम्पनीमा सोमबार सकारात्मक सर्किट लाग्यो।
असोज १५, २०८० सोमबार १५:२७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।