अध्यक्ष ओली बिनै सुरु भयो एमाले गण्डकीको प्रथम अधिवेशन

अध्यक्ष ओली बिनै सुरु भयो एमाले गण्डकीको प्रथम अधिवेशन

पोखरा : एमाले गण्डकीको प्रथम अधिवेशन कास्कीको पोखरामा सुरु भएको छ। मौसम खराबीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली नपुग्दै अधिवेशन सुरु गरिएको हो। 
 
यसअघि अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने बताइएको थियो। तर मौसम प्रतिकूल भएको भन्दै जहाज उड्न नसकेपछि उनी पोखरा आउन पाएनन्।

अधिवेशनका लागि प्रदेशभरिका करिब एक हजार जना प्रतिनिधि पोखरा आइसकेका छन्। उनीहरुले आज र भोलि हुने अधिवेशनबाट नेतृत्व चुन्नेछन्। 

एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए मेसिन भोटिङबाट नेतृत्व चयन हुने जानकारी दिए। 

असोज १५, २०८० सोमबार १५:२५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।