एमाले कर्णालीको मतगणनास्थलमा अनेरास्ववियुका कार्यकर्ताले गरे तोडफोड

एमाले कर्णालीको मतगणनास्थलमा अनेरास्ववियुका कार्यकर्ताले गरे तोडफोड

काठमाडौं : एमाले कर्णालीको नयाँ नेतृत्व चयनका लागि भइरहेको  मतगणनास्थलमा तोडफोड भएको छ।

सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेको सुर्खेत प्रहरीले जनाएको छ। 

अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक्षधर तोडफोडमा उत्रेका हुन्। तोडफोडबाट सिटी हलका सिसा फुटेको बताइएको छ। 

एमाले कर्णालीको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचन अन्तरगत आज मतगणना भइरहेको छ।  घटनापछि मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। 

असोज १५, २०८० सोमबार १४:५८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।