गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार

गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार

काठमाडौं : काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ। गौशालास्थित पिके डायग्नोस्टिक सेन्टरका सन्चालक साजन हुसेनमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ। 

चक्कु प्रहारबाट घाइते भएका  हुसेनकाे केएमसी अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरिएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए।

चक्कु प्रहार गर्ने  दुई जना फरार रहेका उनले बताए। प्रहरलिे उनीहरुको खोजी कार्य गरिरहेको उनले बताए।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असोज १५, २०८० सोमबार १३:४२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।