अभिनेता अनमोल केसीलाई प्रदीपको प्रश्न : ‘सुहागरात मनाएर दुहली फिर्ता लैजाउ भन्न मिल्छ?’

अभिनेता अनमोल केसीलाई प्रदीपको प्रश्न :  ‘सुहागरात मनाएर दुहली फिर्ता लैजाउ भन्न मिल्छ?’


काठमाडौं : एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोपमा पक्राउ परेर हाजिरी जमानीमा हिरासतमुक्त भएका नायक अनमोल केसीलाई लक्षित गर्दै अर्का अभिनेता प्रदीप खड्काले सामाजिक सन्जालमा टिप्पणी गरेपछि उनीहरुको मनमुटाव सतहमा आएको छ। 

फिल्म ‘रावायण’को विवादलाई लिएर अभिनेता प्रदीप खड्काले फिल्ममा काम गर्छु भनेर सबै भइसकेपछि गर्दिन भन्दा ‘सुहागरातपछि दुहली मन परेन भनेर फिर्ता गरे’ भन्न पाइन्छ भन्दै प्रश्न गरेपछि उनीहरुको मनमुटाव सामाजिक सञ्जालमा छचल्किएको हो। 

‘विवाहपूर्वको सम्बन्ध तोडिदा हो तिम्रो गिफ्ट फिर्ता लैजाउ, मलाई तिमि मनपर्न छाड्यो भन्ने, विवाहओत्तर त, सुहागरात मात्र भएको हो मलाई मनपरेन, अचानक चित्त बुझ्न छाड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलायर ल्याउनु हैन भने दुलही लगनुस् म विस्तारै दाईजो (कानुनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ?’ उनले फेसबुकमा लेखेका छन्।

उनले फिल्ममा सम्झौता गरेर काम नगर्ने दाग लागेपछि अर्कोले राम्रो नयाँ दुहली जस्तै नमान्ने तर्क गरेका छन्।

उनी अगाडी लेख्छन्, ‘बुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफुले जिते सम्झेर रमाउन त सक्लाउ, एकतिर उन्नत समाजले सामान्य मानेर दुलही स्विकार्न पनि समस्या नहोला तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको ईच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ।’ 

चलचित्र ‘रावायण’मा खेल्नका लागि एडभान्स लिएर पनि सम्झौता गर्न नमानेको आरोपमा नायक केसी गत शुक्रबार पक्राउ परेका थिए। तर, आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको भन्दै आइतबार राति प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको थियो।

पैसा लिएपछि फिल्ममा काम गर्दिन भन्नु अनमोलको गल्ति रहेको र क्षतिपुर्ती व्योहर्नुपर्ने उनको तर्क छ।
फिल्मका निर्देशक सुदर्शन थापालाई लक्षित गर्दै उनले लेखेका छन्, ‘चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रीको नै चल्छ, चाहे चित्त बुझोस् वा नबुझोस्। मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल गोल हान बाबु भनेर छोड्देलान्, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान र जिन्दगी हुन सक्छ।’

नायक खड्काको यो स्टाटसमा भने समिश्रीत टिप्पणीहरु आइरहेका छन्।  कसैले चलचित्र क्षेत्रमा बौद्धिक अभिनेताको छवि बनाएका खड्काको प्रतिस्पर्धी केसीप्रति कुन्ठा झल्किएको टिप्पणी गरिरहेका छन् भने सकैले अनमोलले छोडेको फिल्म पाउने आशामा खड्काले पूर्वाग्रही भएर यस्तो लेखेको प्रतिक्रिया दिएका छन्। 

उक्त स्टाटसलाई लिएर नकारात्मक टिप्पणी आउन थालेपछि नायक खड्काले स्पष्टिकरण समेत दिनु परेको छ। उनले आफू चलचित्र क्षेत्रसँग सरोकार राख्ने भएकोले निर्देशकलाई काम गर्ने स्वतन्त्रता र कलाकारलाई मेकरमा विश्वस्त नहुदा प्रोजेकट ईन्कार गर्ने छुट हुनुपर्ने उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘म एउटा कलाकार र चलचित्र क्षेत्रको प्रति सरोकारवाला भएको हिसाबले के कुरामा प्रस्ट छु भने निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुनुपर्छ, निर्देशकलाई काम गर्ने स्वतन्त्रता अनि कलाकारलाई मेकरमा विश्वस्त नहुदा प्रोजेकट ईन्कार गर्ने छुट। तर सबै सिष्टममा बसेर, मनोमानि ढङ्गले होइन।’

असोज १५, २०८० सोमबार १३:३०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।