दशैं, तिहार, छठलाई लक्षित गर्दै ‘आइएमई पे’ले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार
काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आउदै गरेको राष्ट्रिय चाड दशैं , तिहार तथा छठलार्ई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ।
असोज १४ गते देखि सुरु भई मङ्सिर ३ गते सम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले विभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले (Ultima Lifestyle) को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्।
यसैगरी अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको शप्पिङ गिफ्ट ह्यम्पर पनि प्राप्त गर्न सक्नेछन्।
यससँगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताएका छन्।
यस अफरसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ।
असोज १५, २०८० सोमबार १२:३६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।