जावा येज्दी मोटरसाइकल्सले ल्यायो ‘येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल’
काठमाडौं : जावा येज्दी मोटरसाइकल्सले यो चाडपर्वको अवसरमा आफ्नो उपभोक्ताहरूका लागि ‘येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल’ योजना ल्याएको छ।
यस योजना अन्तर्गत येज्दीको भर्खरै बजारमा आएको एड्भेन्चर, स्क्र्याम्ब्लर, रोडस्टर र जावाका अरु मोडलहरु किन्दा हरेक ग्राहकले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ तथा अन्य उपभोग्य सामानहरु प्राप्त गर्नेछन्। त्यस्तै, ३ वर्षको लागि वार्षिक कर निःशुल्क हुने कम्पनीले जनाएकाे छ।
ग्राहकहरुले ५० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन्। यी आकर्षक उपहारका साथै ग्राहकहरुलाई सजिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध हुनेछ।
‘यो चाडपर्वको बेलामा हामीले हाम्रा ग्राहकहरुको उच्च गुणस्तरको मोटरसाइकल चढ्ने सपनालाई साकार बनाउँदै छौं। येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल योजना मात्र हैन, हामीले ग्राहकहरुलाई दिने सर्वोत्कृष्टताको प्रतिबद्धता हो,’ कम्पनीले भन्यो।
६ स्पिड गियर जडित येज्दी मोटरसाइकलहरु ३३४ सीसीको बीएस सिक्स लिक्विड कुल्ड इन्जिनयुक्त छन् जसले न्यूनतम २९.५० बीएचपी पावर र २८.२ एनएमको टर्क दिन्छ।
यसैगरी, येज्दी मोटरसाइकलहरु डुअल च्यानल एबिएस, बाटो अनुसार चेन्ज गर्न सकिने स्विचेबल एबिएस मोड, स्लिपर क्लच र युएसबी चार्जिंग पोर्ट र सेगमेन्टकै सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स जस्ता फिचरहरुले सुसज्जित छन्।
‘हामी सम्पूर्ण मोटरसाइकल पारखीहरुलाई हाम्रो शोरुममा आएर हाम्रा उत्कृष्ट बाइकहरुलाई नजिकबाट हेर्न, बुझ्न र टेस्ट राइड गर्न, तथा हाम्रो यो उत्सव अफरको फाइदा लिन आमन्त्रण गर्न चाहन्छौं’ कम्पनीले भनेको छ।
असोज १५, २०८० सोमबार ११:५१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।