एसियाडमा नेपाल पहिलो पदकको नजिक, महिला कबड्डीमा मेडल लगभग पक्का
काठमाडौं : चीनमा जारी एसियाली खेलकुद (एसियाड)मा नेपालको पदको खाता खुल्ने सम्भावना निकै बलियो बनेको छ। हालसम्म कुनै पदक जित्न सकेको नेपालको लागि महिला कबड्डी टिमले कम्तीमा कास्य पदक जित्ने लगभग पक्का भएको हो।
पहिलो पटक एसियाली खेलकुदमा सहभागी महिला कबड्डी टिमले समूह चरणमा आज (सोमबार) बंगलादेशलाई ३७-२४ ले हरायो।
यो जितसँगै नेपालको सेमिफाइनलको निकै नजिक पुगेको छ। सेमिफाइनलमा पुगे नेपालको कम्तीमा कास्य पदक जित्नेछ। महिला कबड्डीमा सात टोली रहेको नेपाल रहेको समूह ‘ए’मा बलियो टिम इरानसहित तीन टिम छन्।
अब मंगलबार हुने दोस्रो खेलमा नेपाल इरानसँग खेल्नेछ। यो खेल जितेमा नेपाल सेमिफाइनलमा पुग्नेछ। नेपाल हारेमा पनि अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपालले अन्तिम चारमा स्ठान पक्का गर्नेछ र पदक पनि पक्का हुनेछ।
असोज १५, २०८० सोमबार ११:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।