एसियाड क्रिकेट : क्वाटरफाइनलमा नेपालको भिडन्त भारतसँग, खेल भोलि

एसियाड क्रिकेट : क्वाटरफाइनलमा नेपालको भिडन्त भारतसँग, खेल भोलि

काठमाडौं : चीनमा जारी एसियाली खेलकुदको क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसँग भिडन्त गर्ने भएको छ। आज (सोमबार ) भएको क्वाटरफाइनलको ड्रमा नेपालको प्रतिद्वन्द्वीको रुपमा भारत परेको हो।

नेपाल र भारतबीचको खेल मंगलबार (भोलि) बिहान ६:४५ बजे हुनेछ। एक महिनाअघि मात्र एसिया कपमा पहिलो पटक भारतसँग एकदिवसीय खेल खेलेको नेपालले अब पहिलो पटक टी-२० आई खेल खेल्ने भएको छ।

भारतले  एसियाली खेलकुदका लागि ऋतुराज गाइक्वाडको कप्तानीमा दोस्रो दर्जाको टिम चीन पठाएको छ।

नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ रनले र माल्दिभ्सलाई १ सय ३८ हराएको थियो।

अन्य क्वाटरफाइनलमा हङकङले पाकिस्तानसँग र मलेसियाले बंगलादेशसँग भिड्ने छन्। अफगानिस्तानले भने श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

असोज १५, २०८० सोमबार ११:०१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।