रातभर मतदान भएको एमाले कोशी निर्वाचनको मतगणना आज

रातभर मतदान भएको एमाले कोशी निर्वाचनको मतगणना आज

काठमाडौं : एमाले कोशीको नयाँ नेतृत्वको लागि रातभर मतदान भएको छ। आइतबार राति १० बजेदेखि सुरू भएको मतदान आज (सोमबार) बिहान ५ बजे सकिएको हो।

निर्वाचनको मतगणना आजै हुने प्रमुख निर्वाचन अधिकृत चूडामणि आचार्यले जानकारी दिए। ​उनका अुनसार ९९७ प्रतिनिधि मध्ये ९७७ मत मात्र खसेको छ।

जहाँ अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् भने सचिवमा शैलेस लामा र राजकुमार भण्डारी उम्मेदवार छन्।

यसैगरी उपसचिवका लागि देवान राई, खेम नेपाली र जलवर्षा राजवंशी मध्ये दुई जना निर्वाचित हुने छन्। उपाध्यक्षमा भने टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन्।

असोज १५, २०८० सोमबार ०९:०८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।