एमाले कर्णालीको नयाँ नेतृत्व चयन : मतगणना हुँदै
सुर्खेत : सुर्खेतमा जारी एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत गणना हुँदैछ।
आइतबार राति सकिएको मतदानमा कुल ६ सय १६ मतदातामध्ये ६०९ मत खसेको निर्वाचन समितिका सदस्य रामबाबु बीसीले जानकारी दिए।
प्रदेश अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा तीन/तीन जना र सचिवमा दुई जना उम्मेदवार रहेका छन्।
अध्यक्षमा कालिकोटका मीनबहादुर शाही, सल्यानका गुलावजंग शाह र कालिकोटकै प्रकाश रोकाया प्रतिस्पर्धी छन् भने सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार छन्।
यसअघि अध्यक्ष पदका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए भने सचिवमा उम्मेदवारी दिएका डण्डीप्रसाद शर्माले रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।
असोज १५, २०८० सोमबार ०८:५६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।