पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

काठमाडौं : पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

सोमबार (आज) बिहान  ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका–४ बगइसोतामा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिहान करिब ५ बजे बस अनियन्त्रित भई दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको उपचार लमही अस्पतालमा भइरहेको छ।

असोज १५, २०८० सोमबार ०८:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।