आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज (सोमबार) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असोज १५, २०८० सोमबार ०७:१३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।