बिरामी दावी गर्दै अस्पताल बसेका अनमोल ठमठम हिँड्दै पुगे प्रहरी, सरकारी वकिल अनि अदालत

बिरामी दावी गर्दै अस्पताल बसेका अनमोल ठमठम हिँड्दै पुगे प्रहरी, सरकारी वकिल अनि अदालत

काठमाडौं : शुक्रवार प्रहरीले पक्राउ गरेपछि अनमोल केसी प्रहरी हिरासत हैन अस्पतालै भर्ना गर्नुपर्ने गरि गम्भीर विरामी भन्दै चिरायु अस्पतालको क्याविनमा बसे। दुई रात अस्पताल बसाइपछि आइतबार म्याद थपको प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको कार्याल टेकु आउँदा उनी तन्दुरुस्त देखिए।

मुखमा कालो मास्क, सेतो टिसर्ट, खैरो ज्याकेट अनि निलो पेन्ट लगाएर आएका उनी प्रहरी कार्यालयमा तीन घन्टाजति बसेर आफ्नो भनाई राखे। प्रहरी कार्यालयको मुद्दा शाखाले अनुसन्धानका लागि म्याद थप्ने प्रयोजन लागि उनीसँग जानकारी लियो। स्वास्थ्य अवस्था कस्तो छ? किन पक्राउ परेको जानकारी छ छैन, जाहेरीमा रहेको दाबीमा आफ्नो भनाई प्रहरीले सोधेको थियो।

उनले फिल्म रावायणमा अभिनय गर्न १० लाख लिएको स्विकार गर्दै पछि स्क्रिप्ट चित्त नबुझेपछि फिल्ममा अभिनय नगर्ने भनेको को लिएको १० लाख फिर्ता लिन पटक-पटक निर्मातालाई आग्रह गर्दा पैसा फिर्ता लिन नमानेको दाबी गरेका थिए।

उनले आफुले कुनै अपराध नगरेको र फिल्म खेल्न कानुनी रूपमा सम्झौता पनि नगरेको भन्दै पैसा फिर्ता गर्न तयारै रहेको बताएका थिए। बयान लिने प्रहरीका अनुसार बयानदिँदा उनी सामान्य अवस्थामा देखिएका थिए। कुनै स्वास्थ्य समस्या देखिएको थिएन।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरे पनि कानुनी प्रक्रिया भने जिल्ला परिसरले गर्छ। कार्यालयलाई मुद्दा प्रक्रियाको कानुनी अधिकार छैन। म्याद थपको प्रक्रिया सकिएपछि प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंको कार्यालयमा पठायो।

त्यहाँ पनि उनी कुनै सहयोगीविना ठमठम हिँडेर गएका थिए। सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया सकिएपछि प्रहरीले उनलाई बबरमहलको जिल्ला अदालत भवनमा लगेको थियो। त्यहाँ पुग्दा पनि न उनको साथमा न कुनै स्वास्थ्यकर्मी साथमा थिए न त अस्पताल भर्ना गर्नुपर्नेगरि विरामी भएका ब्यक्ती झैँ देखिएका थिए।

अपराध अनुसन्धान कार्यालयले उनलाई हिरासतमा राख्न सिंहदरवार बृत्तमा पठाएको थियो। तर उनी बृत्तमा बस्न नमानेपछि प्रहरीको संयोजनमा चिरायु पुगेका थिए।

असोज १४, २०८० आइतबार १८:०१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।