आफन्तको घरमा खेल्न गएकी पाँच वर्षीया बालिका बलात्कृत, ट्वाँके माईला पक्राउ

आफन्तको घरमा खेल्न गएकी पाँच वर्षीया बालिका बलात्कृत, ट्वाँके माईला पक्राउ
फाईल फोटो

खोटाङ : खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छन्। नजिकै रहेको आफन्तको घरमा खेल्न गएकी उनी शनिबार बलात्कृत भएकी हुन्।

बलात्कृत बालिकाको स्वास्थ्य अवस्था नाजुक बनेको प्रहरीले जनाएको छ। मोबाईलमा अश्लिल भिडियो देखाएर बालिका बलात्कृत गर्ने जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ट्वाँके माईला भनिने राजु राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। 

घटनापछि भागेर लुकिछिपि बसिरहेको अवस्थामा अभियुक्तलाई शनिबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए।

बलात्कृत बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ। बालिकालाई योनीबाट निरन्तर रक्तश्राव भइरहेको अवस्थामा उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो।

प्राथमिक स्वास्थ्य केन्द्रले प्राथमिक उपचार गरेर अन्यत्र रेफर गरेपछि बालिकालाई रातारात उदयपुर लगिएको दिप्लुङका वडाध्यक्ष सागर राईले बताए। 

बालिका चिच्याएपछि आफन्तले घटनाका बारेमा जानकारी पाएका थिए। अस्पताल पु-याएपछि बालिकाको रक्तश्राव रोकिएको प्रहरीले जनाएको छ। 

असोज १४, २०८० आइतबार १७:४५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।