सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें’ योजना सार्वजनिक

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें’ योजना सार्वजनिक

काठमाडौं : सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें’ उपहार योजना घोषणा गरेको छ। 

उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना एक जनालाई एक लाख रुपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ, साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही पाँच सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा उल्लेख छ।

कम्पनीका अनुसार यस ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें’ अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ। 

यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। 

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

असोज १४, २०८० आइतबार १७:२१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।