म्याद थपका लागि अभिनेता अनमोल केसीलाई सरकारी वकीलको कार्यालय लगियो

म्याद थपका लागि अभिनेता अनमोल केसीलाई सरकारी वकीलको कार्यालय लगियो

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले अभिनेता अनमोल केसीलाई सरकारी वकीलको कार्यालयमा उपस्थित गराएको छ। 

म्याद थपका लागी केसीलाई आइतबार सरकारी वकीलको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गत शुक्रवार पक्राउ गरेको थियो। 

केसीलाई पक्राउपछि महराजगञ्ज स्थित चिरायु अस्पतालमा राखिएको छ। 

उनले फिल्म ‘रावायण’मा अभिनय गर्न सहमत हुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनीविरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो।

निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा केसीविरुद्ध उजुरी दिएका थिए। उजुरीकर्ताले अनमोलसँग फिल्ममा अभिनय गर्ने सम्झौता पत्र भने बुझाएका छैनन्।

तर, अनमोलले फिल्म निर्माण टिमसम्म १० लाख लिएको प्रमाण भने पेश गरेका छन्। सो रकम उनले फिल्म खेल्न राजी भएर पेश्की स्वरूप लिएको निर्माण पक्षको दाबी छ।

असोज १४, २०८० आइतबार १७:०९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।